नेकपा एसका गुल्मी ईञ्चार्ज र अध्यक्ष एमाले प्रवेश, रामकुमारी झाँक्रीलाई धक्का
२० भदाै, काठमाडाैं । नेकपा एकीकृत समाजवादी गुल्मीका ईञ्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारी सहित जिल्ला नेतृत्व एमालेमा प्रवेश गरेको छ ।
खनाल र भण्डारी नेकपा एसका केन्द्रीय सदस्य पनि हुन । यस्तै प्रदेश कमिटी सदस्य हिमाल थापा, युवासंघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला कमिटी सदस्य मदन घिमिरे, हरि कुँवर, विष्णुप्रसाद भण्डारी, नेकपा एसको युवा संघका जिल्ला अध्यक्ष रामुजंग कँडेल, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे पनि एमालेमा प्रवेश गरेका छन ।
उनीहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण बिष्टले स्वागत गरे । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीको गृह जिल्ला गुल्मीमा समाजवादीका नेताहरु एमालेमै फर्किएपछि नेकपा एकीकृत समाजवादीका र गठबन्धनको तर्फबाट प्रतिनिधी सभामा उम्मेदवारी दिने तयारी गरेकी झाँक्रीलाई धक्का लागेको छ ।
प्रकाशित मिति : 14:57









