अनेरास्ववियु नुवाकोटको अध्यक्षमा प्रशान्तजंग पाण्डे
१९ भदाै, नुवाकाेट । अनेरास्ववियु नुवाकोटको १७ औँ जिल्ला अधिबेशनबाट अध्यक्षमा बेलकाेटगढीका प्रशान्तजंग पाण्डे चयन भएका छन । भदाै १८ र १९ गते सदरमुकाम विदुरमा भएकाे अधिवेशनले पाण्डेकाे नेतृत्वमा नयाँ कमिटी चयन गरेकाे भए पनि घाेषणा भने साेमबारमात्र हुने अध्यक्ष पाण्डेले बताए ।
नयाँ कमिटीको उपाध्यक्षमा अच्युत धमला, सचिवमा फैसल दिन, सह-सचिवमा राजकुमार गजुरेल, रघुनाथ अधिकारी र आयुष अधिकारी चयन भएका छन । त्यस्तै काेषाध्यक्षमा सरस्वती खड्का चयन भएकी छिन । 
प्रकाशित मिति : September 4, 2022 at 8:39 pm









