एमालेबाट नुवाकाेट १ मा प्रत्यक्षमा बद्री मैनाली र समानुपातिकमा विन्दा ढुंगानासहित २ जना सिफारिस
१९ भदाै, नुवाकोट । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा बद्री मैनालीकाे नाम सिफारिस भएकाे छ । एमाले नुवाकाेटकाे अध्यक्ष समेत रहेका मैनालीकाे नाम आइतबार बसेकाे क्षेत्रीय कमिटी बैठकले सिफारिस गरेकाे हाे । साेही बैठकले समानुपातिकमा विन्दा ढुंगाना र गाेकर्णराज पाठककाे नाम सिफारिस गरेकाे छ ।
साे बैठक अघि भएकाे प्रदेशसभा `क´ काे बैठकले प्रदेश कमिटीका सदस्य बलराम आचार्यसहित ८ जनाकाे नाम प्रदेशसभाका लागि सिफारिस गरेकाे छ । सिफारिस हुने अन्यमा बागमतीकै सदस्य मिलन लामा, जिल्ला कमिटीका उपसचिव निलकण्ठ आचार्य, जिल्ला कमिटी सदस्य मनोज उप्रेती, स्थानीय चुनावअघि सुनबहादुरसहित कांग्रेसबाट एमाले प्रवेश गरेका सुशील खड्का, राजकुमार पण्डित, केदार थापा र गणेश पाण्डे रहेका छन ।
प्रकाशित मिति : 21:12









