३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली-४ मा एमालेबाट लेखराज भट्ट सिफारिस

१९ भदौ, काठमाडौं । नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनका लागि लेखराज भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ४ बाट भट्टको नाम सिफारिस गरेको हो । एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्ट २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : September 4, 2022 at 8:27 pm