२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नुवाकोट २ मा एमालेबाट प्रतिनिधिसभाका लागि ५ जनाको नाम सिफारिस

१९ भदाै, नुवाकोट । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाका लागि प्रत्यक्षमा ५ जनाकाे नाम सिफारिस गरेकाे छ । आइतबार क्षेत्र नम्बर २ समन्वय कमिटीले प्रतिनिधीसभाका लागि  ५ जनाकाे नाम सिफारिस गरेकाे हाे ।

प्रतिनिधीसभामा हाल सांसद समेत रहेका नारायणप्रसाद खतिवडा, प्रदेश सांसद केशवराज पाण्डे, विष्णु लोहनी, रामशरण प्याकुरेल र माधवप्रसाद तिवारीकाे नाम सिफारिस गरेको हो ।

यस्तै समानुपातिकतर्फ भने पूर्व मन्त्री समेत रहेका महेन्द्रबहादुर पाण्डे, अजितमान तामाङ, श्रीमाया लामा र दुर्गा वस्ती गरेर ४ जना सिफारिसमा परेका छन् ।

प्रकाशित मिति : 18:50