२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

डा रामशरण महतले २८ वर्षपछि भाइलाई नुवाकोट १ छाडे, त्यसपछि भतिजको पालो !

१८ भदाै, नुवाकोट । आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा सबै दलले उम्मेदवार सिफारसलाई तीब्र बनाएका छन । सत्तारूढ दल नेपाली कांग्रेसमा उम्मेदवार सिफारिसमा यसपटक अलि फरक परिदृष्य देखिएको छ ।

दुई परिवारको सदस्यमात्र मुल नेतृत्वमा रहने र अन्य नेता कार्यकर्ताले ताली पिटेर जय नेपाल भनिदिनुपर्ने बाध्यता कांग्रेस कार्यकर्ताका लागि देखिएको छ । राजसंस्थाको शैलीमा नुवाकोटको कांग्रेसको राजनीति देखिएको छ । पार्टीमा योगदान गर्ने ठूला नेताको परिवारका सदस्यमात्र हैनन् तर अवसरका लागि उनीहरूनै अग्रभागमा रहने गरेका छन ।

२८ वर्षपछि नुवाकोट क्षेत्र नम्बर १ (तत्कालीन क्षेत्र नम्बर २) मा रामशरण महतले भाइ डा प्रकाशरण महतका लागि छाडेका छन । स्वास्थ्य समस्यासँग समेत जुधिरहेका महतले पार्टी प्रवक्ता समेत रहेका प्रकाशशरणका लागि बाटो खाली गरेका हुन । डा प्रकाशरणपछि फेरि उनीहरूकै भतिज रमेश महत त्यस क्षेत्रका लागि तयार भएर रहिसकेका छन । उनी २०७४ मा प्रदेशसभामा चुनाव लडेका थिए भने यसपटक पनि प्रदेशमै लड्दैछन ।

कांग्रेसले नुवाकोट क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ प्रवक्ता डा महतको नाम पहिलो नम्बर र केन्द्रीय सदस्य डा रामशरण महतलाई दोस्रो नम्बरमा सिफारिस गरेको क्षेत्रीय सभापति धुव्र श्रेष्ठलेले बताएका छन । यद्यपी रामशरणको नाम समानुपातिकको एक नम्बर मा सिफारिस गरिएको छ । १ बाट समानुपातिकमा डा केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार पनि सिफारिस भएका छन ।

यसैगरी, निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्यको लागि प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी, महेन्द्र थिङलगायत १३ जनालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ पार्टी सभापति रमेशकुमार महत, डा केदारनरसिंह केसीसहित ३० जनालाई सिफारिस गरिएको छ ।

प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति रमेशकुमार महत, जगदिश्वरनरसिंह केसी, अर्जुनप्रसाद न्यौपाने, वैकुण्ठ मिश्रसहित आठ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सभापति पौडेलसहित १५ जनाको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : 12:00