१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

नुवाकोट २ ‘ख’मा एमालेबाट उषाकिरण र आशामायासहित सात जनाको नाम सिफारिस

१८ भदौ, नुवाकोट । नुवाकोटको क्षेत्र नम्बर २ को प्रदेश ‘ख’मा नेकपा एमालेबाट प्रत्यक्षतर्फ सात जनाको नाम सिफारिसमा परेको छ । शुक्बार भएको प्रदेश क्षेत्र समन्वय कमिटीको बैठकले सात जनाको नाम सिफारिस गरेको समन्वय कमिटीका अध्यक्ष रमेश वस्तीले दैनिकीलाई जानकारी दिए।

अध्यक्ष वस्तीका अनुसार अनुसार प्रत्यक्षमा केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना, प्रदेश कमिटी सदस्य आशामाया तामाङ र विजय लोप्चन, क्षेत्र नम्बर २ का संयोजक एवं जिल्ला कमिटी सदस्य हरि अधिकारी, नेताहरू काजिमान डंगोल, नवराज ओझा र मेघनाथ रिमालको नाम सिफारिस गरेको छ ।

त्यस्तै समानुपातिकमा रामचन्द्र अधिकारी र इन्द्र रिमालको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : September 3, 2022 at 9:38 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/