६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

त्रिभुवन त्रिशुली माविका शिक्षकको क्षमता अभिवृद्भिका लागि ल्यापटप वितरण


१७ भदाै, नुवाकोट । नुवाकोटको पुरानो विद्यालय त्रिभुवन त्रिशुली माविमा शिक्षकको क्षमता अभिवृद्धिका लागि ल्यापटप बितरण गरिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार ‘शिक्षकको पेशागत विकासको लागि क्षमता अभिवृद्धि कार्यक्रम’ अन्तर्गत शिक्षकका लागि ल्यापटक वितरण गरिएको हो । अहिलेसम्म उक्त कार्यक्रम अन्तर्गत २० शिक्षकले लाभ प्राप्त गरिसकेका छन ।

शुक्रबार पाँच शिक्षकले ल्यापटप प्राप्त गरे । यसअघि १५ शिक्षकले पहिले नै ल्यापटप प्राप्त गरिसकेका छन । शुक्रबार विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले कार्यक्रममा सहभागिता जनाएर शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका छन ।

ल्यापटप वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधान समितिका पूर्वअध्यक्ष उपेन्द्र वुढाथोकी, समितिका सदस्य विराज तामाङ, प्रधानाध्यापक महेन्द्र राउत लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १६:४१