३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै व्यापारीको प्रदर्शन (फोटो फिचर)

१७ भदौ, काठमाडौं । काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बाध्यता हो, संविधानमा लेखिएको मौलिक हकको कार्यान्वयन गर, फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर’ जस्ता नारा र प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । संघर्ष समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रकाशित मिति : September 2, 2022 at 2:14 pm