५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रेस चाैतारीकी उपाध्यक्ष घर्तीमगरले एमाले उपमहासचिव रिमालमाथि लगाइन गम्भीर आरोप


१५ भदाै, काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल अहिले चुनावी मोर्चाको महत्वपूर्ण कमाण्ड सम्हालिरहेका छन । उनी पार्टीको केन्द्रीय सचिवालय कमिटीको सचिव र निर्वाचन परिचालन कमिटीको पनि सचिवको जिम्मेवारीमा छन ।काममा रमाउने रिमालमाथि पत्रकार समेत रहेकी प्रेस चौतारी नेपालकी उपाध्यक्ष देविका घर्तीमगर (जिएम)ले गम्भीर आरोप लगाएकि छिन ।

चुनावको समयमा फोन नउठाउने र रेसपोन्स नगर्ने व्यक्तिलाई एमालेले महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै उनले गम्भीर आरोप लगाएकी हुन । उनले अन्य पत्रकारको पनि गुनासो रहेको भन्दै रिमाल गैरजिम्मेवार नेता भएको उपमा दिन खोजेकी छिन । उनले यही कारणले पत्रकारहरूले आगामी चुनावका बारेमा एमालेसँग सम्बन्धित सूचना पाउन कठिन हुने उल्लेख गरेकी छिन । देविका अहिले हिमालखबर पत्रिकासँग सम्बन्धित रहेकी छिन ।

देविकाले आफ्नो युङ्जा मिजा नामको ट्वीटर खाताबाट टिप्पणी गर्दै भनेकी छिन, ‘एमालेले केन्द्रीय सचिवालय कमिटीको सचिवको जिम्मेवारी सँगै निर्वाचन परिचालन कमिटीको पनि सचिवको जिम्मेदवारी विष्णु रिमाललाई दिएको छ । तर दुखको कुरा के उहाँको फोन कहिले उठ्दैन । चुनावको बेला पनि फोन उठेन भने त हामीलाई रिपोर्टिङ गर्न साह्रै अप्ठ्यारो हुनेवाला देखिन्छ !’

देविकाको टिप्पणीमा सामाजिक सञ्जालमा सक्रिय एमालेकै कार्यकर्ता प्रदीप भट्टराईले रिमाल आरोप लगाएको जस्तो व्यक्ति नभएको भन्दै प्रतिरक्षा गरेका छन । त्यसपछि देविकाले भनेकी छिन, ‘पत्रकार कसैको पनि फोन उठ्दैन भन्ने गुनासो छ । तपाईं चैँ उहाँको खास मान्छे भएर उठ्या होला ! नेताहरू कोही फाल्तु हुदैनन् । कुनै न कुनै मिटिङमा व्यस्त हुन्छन् नै तर जिम्मेवारी पाएको व्यक्तिले उठाउनुपर्छ !’ यद्यपी रिमाल नेकपा एमालेका नेताहरू मध्ये टेलिफोन रेस्पोन्स गर्नेको सूचीमा अग्रस्थानमा पर्छन ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ११:३७