प्रचण्डलाई सूर्य थापाको जवाफः तरबार लिएर काट्न हिंडेकासँग एमालेजनले मित लगाउँदैनन्
१३ भदौ, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिएका छन । सामाजिक सञ्जाल मार्फत सोमबार बिहान थापाले प्रचण्डको आइतबारको अभिव्यक्तिमा जावाफ फर्काउँदै तरबार लिएर काट्न हिंडेकासँग एमालेजनले मित नलगाउने बताएका छन ।
आइतबार प्रचण्डले एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसले सम्मानजनक सिट नदिएमा गठबन्धनभित्रको बापन्थी र उस्तै परे एमालेसँग पनि चुनावी तालमेल हुनसक्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तमा जवाफ फर्काउदै पोलिटब्यूरो सदस्य थापाले प्रचण्ड र माधव नेपालका समुहसँग आम निर्वाचनमा मिलेर जाने संभावनालाई एमालेको केन्द्रीय कमिटी बैठकले नै खारेज गरेको जानकारी दिएका छन ।
उनले भनेका छन, ‘नेकपा(एमाले) केन्द्रीय कमिटीले प्रचण्ड र माधव नेपालका समुहसँग आम निर्वाचनमा मिलेर जाने संभावनालाई खारेज गरेकाे छ। यी दुई गुटले काङ्ग्रेससँग सिटकाे बार्गेनिङ गर्न एमालेसँग मिल्ने धम्की दिइरहेको कर्कश स्वर सुनिन्छ, जो सर्वथा मिथ्या र जालझेल मात्रै हो। तरबार लिएर काट्न हिंडेकाहरूसँग एमालेजनहरूद्वारा मित लगाउन सकिँदैन।’
प्रकाशित मिति : 09:31









