कृष्ण सिटाैला र गगन थापासहितको भागवण्डा कार्यदल सहमति जुटाउन असफल
१२ भदौ, काठमाडौँ । सिटको भाग मिलाउन पाँच दलीय गठबन्धनले बनाएको भागवण्डा कार्यदल असफल भएको छ । पटक पटक छलफलमा बसेपनि कार्यदलले कुनै सहमति जुटाउन सकेन । कार्यदलमा पाँच दलका दर्फबाट दाबी भएको सिटसहितको प्रतिवेदन शीर्ष नेतालाइ बुझाउने तयारी भएको छ ।
नेपाली कांग्रेसका कारण भागवण्डामा समस्या भएको कार्यदलका सदस्य समेत रहेका एक माओवादी नेताले जानकारी दिए । उनले कांग्रेसले १०० सिटको दाबी नछाडेको बताए । उनका अनुसार माओवादीले ६० सिटमा दाबी गरेको छ ।
समाजवादीले ४० सिट मागेको छ भने जनता समाजवादी पार्टीले ३२ सिट र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी प्रस्तुत गरेको छ । आइतबार पनि कार्यदलको बैठक बसेको थियो तर नेताहरू सबै आआफ्नो अडानमा कायम रहेपछि सहमति हुन सकेन ।
प्रकाशित मिति : 22:26









