१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

‘नुवाकोटको १२ पालिकामध्ये विकासका दृष्टिले महत दाजुभाइको पालिका ११ औँ नम्बरमा’

१२ भदौ, काठमाडौँ । नेकपा एमाले नुवाकोटका नेता शिवराम गौतमले पाँच पटक देशको अर्थमन्त्री भए पनि डा रामशरण महतले आफ्नो गाउँको विकासमा काम गर्न नसकेको बताएका छन । आइतबार दैनिकीसँगको कुराकानीमा गौतमले १२ वटा पालिका भएको नुवाकोटमा विकासको दृष्टिले विश्लेषण गर्दा पञ्चकन्या गाउँपालिका ११ औँ नम्बरमा पर्ने दाबी गरे ।

पञ्चकन्या गाउँपालिकाकै स्थानीय समेत रहेका गौतमले दाजु डा रामशरण महत, भाइ डा प्रकाशशरण महत, भतिज रमेश महत र माओवादी केन्द्रका नेता हितबहादुर तामाङ समेत सोही पालिकाको स्थानीय बासिन्दा भए पनि विकास हुन नसकेको बताए ।

उनले विकासका कुनै पनि आयाममा सन्तुष्ट हुनसक्ने अवस्था पञ्चकन्यामा नरहेको उनले बताए । डा महत पाँच पटक देशको अर्थमन्त्री भैसकेका नेता हुन भने भाइ डा महत पनि दुइ पटक देशको मन्त्री भैसकेका छन । त्यस्तै तामाङ पनि एक पटक मन्त्री भैसकेका छन । एउटै पालिकाबाट तीन जना केन्द्रमै पटक पटक मन्त्री भएको भए पनि जिल्लाको अन्य पालिकाको तुलनामा पञ्चकन्या गाउँपालिका निकै पिछडिएको उनले बताए ।

गाैतमसँगको कुराकानी तल हेर्न सक्नुहुन्छ । 

प्रकाशित मिति : 19:27