५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमालेले विश्वास गरे नुवाकाेट १ मा गठबन्धनलाई जितेर परिणाम दिन्छुः शिवराम गाैतम

१२ भदौ, काठमाडौँ । नेकपा एमालेका नुवाकोटका नेता शिवराज गौतमले पार्टीले विश्वास गरे प्रतिनिधिसभा क्षेत्र नम्बर १ वा प्रदेससभा ‘ख’ दुबैमा चुनाव जितेर परिणाम दिन सक्ने दाबी गरेका छन । दैनिकीसँग कुरा गर्दै गौतमले आइतबार आफूलाई चुनाव जित्न कुनै समस्या नरहेको बताए ।

गौतमले गठबन्धनको उम्मेदवार जो आएपनि आफूले उनीहरूलाई सहजै जित्न सक्ने दाबी गरे । गत स्थानीय निर्वाचनमा लोकप्रिय मतमा नेकपा एमाले अघि रहेको बताउँदै प्राविधिक कारणले नतिजा बिग्रिए पनि पार्टी एकतावद्ध भएर चुनावमा जाँदा नुवाकोटमा ६ सिट नै एमालेले जित्ने बताए ।

उनले आफ्नो दाबी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्राणालीको प्रतिनिधिसभा सदस्यका लागि रहेको बताए । आफूले सम्बन्धित कमिटीमा पनि आफ्नो उम्मेदवारीबारे अवगत गराउने भन्दै अब नुवाकोटको विकासका लागि रचनात्मक सोच भएका युवाहरू अघि आउनुपर्ने बताए ।

गौतमसँगको कुराकानी तलको लिंकमा सुन्न र हेर्न सक्नुहुन्छ । 

प्रकाशित मिति : August 28, 2022 at 7:11 pm