६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

बुद्धिजीवी परिषदको काठमाडाैँ महानगर अध्यक्षमा डा गोपाल धौवन्जा


१२ भदाै, काठमाडौं । नेपाल बुद्धिजीवी परिषद काठमाडौं महानगरपालिको अध्यक्षमा डा. गोपाल धौवन्जा निर्वाचित हुनु भएको छ । नेपाल बुद्धिजीवी परिषदको शनिवार सम्पन्न भएको पहिलो सम्मेलनबाट डा. धौवन्जाको अध्यक्षतामा ५१ सदस्यीय महानगर कमिटी गठन गरेको हो ।

नेपाल बुद्धिजीवी परिषदका काठमाडौं जिल्लाका अध्यक्ष प्रा.डा. ओम बरालको अध्यक्षमा भएको उक्त सम्मेलनको उदघाटन नेकपा एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष देउलाले नेकपा एमालेमात्रै यो देशको जिम्मेवार दल भएको बताउनुभयो ।

साथै उहाँले नेकपा एमालेमाथि भएको चौतफी आक्रमणका विरुद्ध तथ्यका आधारमा बुद्धिजीवीहरुले चिरफार गर्नु पर्ने पनि बताउनु भयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समसामयिक विषयहरुमा तर्कपूर्ण विचार निर्माण गर्न बुद्धिजीवीहरुको खास भूमिका हुने उल्लेख गर्नुभयो ।

त्यसैगरी नेपाल प्रगतिशील प्राध्यापक संगठनका सचिव देवराज अर्यालले नेपाल बद्धिजीवी परिषद थिंकटयांकको रुपमा रहेको चर्चा गर्दै आगामी निर्वाचनको सन्दर्भमा विचारको आधारबाट नेकपा एमालेलाई मार्गदर्शन दिन बुदिजीवीहरुको भूमिका खेल्नु पर्छ भन्नुभयो ।

सम्मेलनबाट महानगर कमिटीको उपाध्यक्षमा मेनुका खतिवडा छनौट हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा कालिका प्रसाद ढकाल, कालुराम गुरुङ, आज्ञा खतिवडा, तुलसा राना, राजेश्वरमान प्रधान, धनप्रसाद दंगाल, नेत्रबहादुर श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, रबीन्द्र शाक्य, सानुमाया डंगोल, चतुललाल श्रेष्ठ, सरिन श्रेष्ठ, सुलोचन डंगोल, रामप्रसाद गौतम, माया चित्रकार, द्धारिका महर्जन, राजकुमार डंगोल र राजेन्द्र गजुरेल लगायतका हुनुहुन्छ ।

बाँकी पदाधिकारी र सदस्यको रिक्त पदमा पछि मनोनयन गरिने भएको छ । कार्यक्रममा नेपाल बुद्धिजीवी परिषदका सहसचिव दयानिधि छतकुली, सदस्य भवनाथ झा र बेनिशा बुढाथोकी र लक्ष्मण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १०:०१