२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेपालमा थपिए १७३ कोरोना संक्रमित

११ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ६५ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाका संक्रिय संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

प्रकाशित मिति : 18:21