उम्मेदवार सिफारिसमा एमालेको मापदण्डः समानुपातिकमा नयाँ अनुहार
११ भदाै, काठमाडाैँ । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिसको समयसीमा तोक्दै मापदण्ड पनि तय गरेको छ । शनिबार ललितपुरमा सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको मापदण्ड तय गरेको छ ।
एमालेले भदाै २२ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न तल्ला कमिटीहरुलाई निर्देशन समेत दिएको छ । एमालेले समानुपातिकतर्फ एक पटक अवसर पाएकाहरुलाई नदोहोर्याउने नीति पारित गरेको छ ।
एमालेले तल्ला कमिटीलाई एक महिलासहित ३ जनाको उम्मेदवार सिफारिस गर्न निर्देशन दिँदै क्षेत्रीय, जिल्ला र प्रदेश कमिटी मार्फत उम्मेदवार सिफारिस गर्न भनेको छ । एमालेले अघिल्लो निर्वाचनमा पराजित भएका र हाल पदमा रहेका जनप्रतिनिधिलाइ राजिनामा गराएर उम्मेदवार नबनाउने भएको छ ।
प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १६:४५












