१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

समाजवादीले अर्को पात्र नभेटेपछि काठमाडाैँ २ बाट पनि माधव नेपालको नाम सिफारिस

१० भदाै, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले काठमाडाैँ क्षेत्र नम्बर २ मा अर्को उपयुक्त पात्र नभेटेपछि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई नै उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

नेपाल काठमाडाैँबाट चुनाव जित्न नसक्ने निस्कर्षसहित राैतहटबाट चुनाव लड्ने भनेर उतै गतिबिधि केन्द्रीत गरिरहेको समयमा शुक्रबार काठमाडाैँ २ को कमिटीले पनि नेपालकै नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।

माधव नेपाल स्वयं उपस्थित रहेको बैठकबाट सर्वसम्मत रूपमा उम्मेदवारको रूपमा सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष रुद्रप्रसाद चापागाईंले बताएका छन ।

प्रकाशित मिति : 22:50