गठबन्धन कार्यदलको बैठकमा काँग्रेसले १०० सिट दाबी गर्दा अन्यकाे कति ?
९ भदाै, काठमाडाैं । सत्ता गठबन्धनबीच मंसिर ४ गतेको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ सिट बाँडफाँटका लागि सहमति जुटाउन कार्यदलमा प्रयास जारी छ । यही क्रममा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमोर्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
कार्यदलका सदस्य हिमलाल पुरीले दलहरूबाट प्रतिनिधिसभातर्फ आ–आफ्नो दाबी प्रस्तुत भएको र यसबारे थप छलफल गरेर निर्णयमा पुगिने बताए । उनका अनुसार बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी गरेको छ ।
बैठकमा १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी रहेको छ । अन्तिम ड्राफ्ट अर्को बैठकले गर्नेछ ।
प्रकाशित मिति : 20:40









