६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

जनयुद्धमा जे बुझेर मर्न तयार भएको थिएँ त्यो सबै झुट रहेछः पूर्व कमाण्डर श्रेष्ठ


९ भदाै, नुवाकोट । नेकपा माओवादी केन्द्र नुवाकोटका स्थानीय नेता एवं पूर्व बटालियन कमाण्डर जीवनराज श्रेष्ठ (नबराज)ले जनयुद्धका नाममा भ्रममात्र बाँडिएको बताएका छन । बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हनु । उनले भनेका छन, ‘दस वर्षे जनयुद्धमा म जे बुझेर देश र जनताको लागि मर्न तयार भएको थिएँ । त्यो सबै गलत र झुट रहेछ ।’

उनले माओवादी अहिले कोट लगाउनेहरूको मात्र पार्टी भएको बताएका छन । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ स्थायी घर भएका उनले पार्टी जीवनप्रति विरक्ता पोखेका छन । उनको भनाइ जस्ताको त्यस्तै तल पढ्न सक्नुहुन्छ ।

नमस्कार म जीवनराज श्रेष्ठ (नबराज) साबिक कुमरि गा बि स हाल बेलकोट गढि नगरपालिका वडा नम्बर २ नेकपा माओबादि पार्टी हाल माओबादि केन्द्र पुर्ब पि एल ए पुर्बि डिभिजन , बेथान स्मृति ब्रिगेड बटालियन कमान्डर सम्म जिम्मेवारी सम्हालेको ब्यक्ति हाल मलाई पार्टीले घरमै बस्ने बाताबरण बनाइदिएको छ । किनकि पार्टीले मलाई उचित र चित्त बुझ्ने जिम्मेवारी दिएको छैन । जिम्मेवारी पाउन म नेता बन्न सकिन । नेता बन्न कोट लगाउनु पर्ने रहेछ । मैले कोट किन्न सकिन किनभने म गरिब परिवारमा जन्मेको मान्छे मसङ्ग पैसा थिएन । दस बर्षे जनयुद्धमा म जे बुझेर देश र जनताको लागि मर्न तयार भएको थिएँ ।त्यो सबै गलत र झुट रहेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १२:३४