१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

राष्ट्रपतिले राजिनामा दिने हैन देशहितका लागि लड्नुहुन्छः पूर्वमन्त्री बाँस्कोटा

९ भदाै, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिको राजिनामाको हल्लाका बारेमा टिप्पणी गरेका छन । बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै पूर्वमन्त्री बाँस्कोटाले संसारका राष्ट्रपति देशहितका लागि लडेको इतिहास रहेको स्मरण गराएका छन ।

उनले भनेका छन, ‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ? नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होईन । सत्तापक्ष राष्ट्रियसभाबाट सही सहमतिमा पुग्न तयार भए भैगो नि ! संसारका राष्ट्रपति देशहितका लागि लडेको इतिहास छ, भागेको छैन ।’

प्रकाशित मिति : 09:28