प्रदेशसभा सदस्यको दौडमा युवा नेता भट्टराई
७ भदाै तनहुँ । नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुटेका छन । उनले पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दाबी गरेका छन । आफ्नै कला, मेहनत र परिश्रमले राजनीतिक छलाङ मारेको व्यक्ति हुन भट्टराई ।
जुझारु नेता भट्टराई नेविसङघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा लगनशिलता कार्यकुशलता, निष्ठा, इमान्दार र कतव्र्यनिष्ठ भई गरेकाले नै राजनीतिमा छलाङ मार्न सहज भएको छ । यसै पृष्ठभूमिका कारण प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबैभन्दा लोकप्रिय नेताका रुपमा भट्टराईलाई हेरिएको छ र जिल्लामा सबैले उनको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिएका छन् ।
युवाको भविष्यको लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारी भएको नेता भट्टराईले दमौलीमा पत्रकार सम्मेलन गरी बताए । देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन देशकै नेता बन्नुपर्ने भट्टराई बताउँछन ।
‘हामी हाम्रो भुगोलसँगै समग्र देशको विकास गछौं’ भट्टराईले बताए । युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने भट्टराई बताउछन । ‘अबको नेपाल कस्तो बनाउनु पर्छ भन्ने सुरुवात तनहुँबाट गर्नुपर्छ त्यसको लागि मेरो उम्मेदवारी दाबी हो’ नेता भट्टराईले भने ।
हिजो गुजरातमा गरेको विकासका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय भएझैं तनहुँमा नमुना काम गरेर देशकै नेता हुन सक्नुपर्ने भट्टराई बताउछन। ‘२१ औं शताब्दी नेपाल कस्तो हुनुपर्छ भन्ने सुरुवात आफैबाट गर्न चाहन्छु भट्टराईले भने युवासँग क्षमता र सामर्थ छ तर सोच नभएकोले पछि परेका छौं’ । अब केवल आफ्नो बारेमा सोच्ने नेता हैन, आफू धनी हुने नेता हैन नेपाललाई धनी बनाउने नीति चाहिएको भट्टराईको भनाइ छ ।
२०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिएका थिए भट्टराई । राजनीतिको माध्यमबाट देश परिवर्तन गर्नुपर्ने उनको विचार छ । तेज दिमागका नेता भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्धन्द्ध व्यवस्थापन विषयमा विद्यावारिधी (पीएचडी) गर्दै छन । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन ।
प्रकाशित मिति : August 23, 2022 at 8:58 am









