गठबन्धनमा १६५ लाई पाँच भाग लगाउन सकस, ‘माछो माछो भ्यागुतो’ बनाउने कांग्रेसको नीति
७ भदाै, काठमाडाैँ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिट वाँडफाटका बारेमा सहमति जुटाउनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । मुल रूपमा १६५ प्रतिनिधिसभाको सिटमा भागवण्ड गर्न गठबन्धनलाई सकस भएको छ ।
यसअघि भागवण्डा कार्यदलले विभिन्न प्रयत्न गरेको भए पनि त्यो सफल हुन सकेन । यद्यपी उक्त भागवण्डा कार्यदलले २०७४ मा जितेको सिट सम्बन्धित दललाई दिने र बाँकी सिटमा कांग्रेसलाई ६० प्रतिशत र बाँकी दललाई ४० प्रतिशत सिट दिने एउटा प्रस्ताव तयार भएको छ । उक्त प्रस्तावमा सबैको सहमति नभए पनि कांग्रेसले त्यसलाइ अघि बढाएको छ ।
सोमबार साँझ बसेको शीर्ष नेताको बैठक पनि भागवण्डामा सहमति नजुटेपछि बिना निष्कर्ष टुंगिएको थियो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भागवण्डामा सहमति जुटाउनका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताए ।
‘माछो माछो भ्यागुतो’ नीतिमा कांग्रेस
नेपाली कांग्रेसले अहिले नेकपा माओवादी लगायतका दलसँग गठबन्धनलाई निरन्तरता दिन चाहनुको एउटै कारण हो उनीहरूलाई केही भागको लोभमा नराखे एमालेतिर जान्छन र फेरि एमालेले बहुमत लिन्छ । जुनकुरा नेपाली कांग्रेसका शीर्ष नेताहरूले भाषणकै क्रममा अभिव्यक्त गर्दै आइरहेका छन ।
कांग्रेस एकल बहुमत कसरी ल्याउन सकिन्छ भन्ने ध्यानमा केन्द्रीत भएको देखिन्छ । उसले प्रदेशको भन्दा पनि संघीय सरकारका लागि कसरी एकल बहुमत प्राप्त गर्न सकिन्छ भन्ने नीतिलाई प्राथमिकतामा राखेको छ । जसका कारण अन्तिम समयसम्म सिटबाँडफाँडको कोशिश गर्ने केही विकल्प लागेन भन्दै शीर्ष नेताका लागि ३० सिट जतिमा पूर्ण गठबन्धन गरेर बाँकीमा मित्रवत् प्रतिस्पर्धामा जाने मोडल लागू गर्ने कांग्रेसको नीति छ ।

त्यसोगर्दा गठबन्धनभित्रका दलहरूसँगमात्र तालमे गर्नुपर्ने शर्त कांग्रेसले अनिवार्य गर्नेछ । उसले स्थानीय तहको निर्वाचनमा पनि आफ्ना लागि पर्याप्त जित सुनिश्चित गरेर बाँकीमा मित्रवत प्रतिस्पर्धा गर्ने र एमालेसँग सत्तारूढ गठबन्धनका कसैले पनि तालमेल गर्न नपाउने शर्त राखेर लिखित नै गराएको थियो ।
कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि सोही नीति लागू गराउन सहमतिको नामममा समय गुजार्दै गएको कांग्रेसकै नेताहरू बताउँछन । कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा भन्दा पनि यो चुनावमा पार्टीभित्र सिटबाँडफँडमा मुख्य समस्या रहेको छ ।
प्रकाशित मिति : 08:20









