पूर्व न्यायाधीश केसीको योग्यता र क्षमतामाथि ओलीको प्रश्नः कसरी न्यायाधीशमा छानिए ?
७ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश बलराम केसीको योग्यता र क्षमतामाथि प्रश्न गरेका छन । सोमबार सिन्धुपाल्चोकका माओवादी नेताहरूलाई एमालेमा स्वागत गर्नेक्रममा ओलीले यस्तो प्रश्न गरेका हुन ।
उनले ‘नागरिकता विधेयकका नाममा राजनीति’ भन्ने लेख लेखेको भन्दै केसीमाथि थुप्रै प्रश्नहरू गरे । उनले भने, ‘कांग्रेस भन्ने जात नै पूर्व न्यायाधीश भएर पनि वुद्धि ठेगानमा हुँदोरहेनछ कि क्या हो ?’
राष्ट्रपतिमाथि अमर्यादित हमला गरेको भन्दै ओलीले भने ‘संविधान बुझेकै रहेनछन्, कसरी बीएल पास गरे ? कसरी न्यायाधीशमा छानिए ? के न्याय दिए होलान् मान्छेहरुलाई ?’
राष्ट्रपतिले विचार गर भनेर पठाएपछि नागरिकता विधेयकमाथि संसदमा छलफल गर्नुपर्नेमा संविधानले नचिनेका ‘केही पाखुरेहरु’ बसेर जस्ताको तस्तै पास गर्ने निर्णय गरेको ओलीले बताए । यो संसदमाथि हमला भएको उनको दाबी छ ।
प्रकाशित मिति : 07:33









