४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हुन्डाई नेपालद्वारा चुनिखेलमा वृक्षरोपन

५ भदाै, काठमाडाैं । हुन्डाई नेपालले ‘बि द च्यालेन्ज’ अभियानअन्तर्गत शनिवार वृक्षरोपन कार्यक्रम आयोजना गरेको छ । रातामाटे डाँडा चुनिखेलमा करिब २ सय बिरुवा रोपिएको हो । रातोमाटे डाँडा सामुदायिक वनसँगको समन्वयमा उक्त बिरुवा उक्त रोपिएको हो । वृक्षरोपन कार्यक्रममा १५० जनाभन्दा बढी सहभागी भएका थिए । वृक्षरोपनमा ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बूढानीलकण्ठसम्म लगिएको थियो ।

हुन्डाई नेपालको ‘बि द च्यालेन्ज’ हुण्डाई मोटर कम्पनीको पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्य–बद्धता गर्ने पहल स्वरूप ल्याइएको हो । ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा ‘बि द च्यालेन्ज’ले हरेकलाई व्यक्तिगत र सामुदायिकस्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

अभियानअन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरूको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखिएको छ । त्यस्तै आगामी दिनमा पनि कम्पनीले अभियानअन्तर्गत पर्यावरण दिगोपनसम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्यूट्रालिटीतर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरणमैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा ‘गोल अफ द सेन्चुरी’ नामक विश्वव्यापी अभियान शुरु गरेको थियो । यस अभियानले फुटबलको विश्वव्यापी आकर्षणमार्फत फुटबलप्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १६:२७