७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रसुवाका जसपा, कांग्रेस र माओवादीका ५२ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश

३ भदाै, काठमाडाैं । रसुवामा विभिन्न पार्टीमा क्रियाशील जिल्लास्तरीय नेता\कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा विभिन्न पार्टीमा क्रियाशील ५२ जना नवप्रवेशीलाई टीका र खादा लगाई स्वागत गरे ।

पार्टी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका रसुवा जिल्ला कमिटीका सदस्यहरू फुर्पा गुरूङ, वसन्त लामा कर्मा, सुरज नेगी, विजय घले, हर्कबहादुर तामाङ लगायत ३५ जना छन् भने नेपाली काँग्रेसका क्रियाशील सदस्य जितबहादुर नेकोर, कर्मा छेदेन लोप्चन, हरिप्रसाद लामिछाने, अर्जुन नगरकोटी, सुवास बगाले र सुब्बा घले छन् । त्यसैगरी राप्रपाका निमा लामा, माओवादी केन्द्रका सन्जोग तामाङ र सूर्य घले पनि एमालेमा प्रवेश गरेका छन् । उनिहरू नौकुण्ड गाउँपालिकाका वासिन्दा हुन् ।

सो अवसरमा बरिष्ठ नेता पोखरेलले नवप्रवेशीहरूलाई सम्बोधन गर्दै जिल्लामा नवप्रवेशी साथीहरूलाई तत्कालै उचित जिम्मेवारी दिन जिल्ला नेतृत्वलाई निर्देशन दिए ।

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत हाँसिल हुने गरी विजयी गराउन सिङ्गो पार्टीपङ्ती परिचालित भइरहेको र त्यसका लागि रसुवामा पनि पार्टीले निर्वाचन जित्नुपर्ने हुँदा नवप्रवेशी साथीहरू पनि निर्वाचन जित्ने गरी लाग्न आग्रह गरे । पार्टी प्रवेश कार्यक्रम नेकपा (एमाले) रसुवा जिल्ला कमिटीका सचिव जनार्जन ढकालको संयोजनमा भएको थियो ।

प्रकाशित मिति : August 19, 2022 at 3:53 pm