७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पुन: राप्रपामै फर्किए दिल विकास राजभण्डारी (विज्ञप्तिसहित)

पुन: राप्रपामै फर्किए दिल विकास राजभण्डार
२ भदाै, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल छाडेर पुराना नेता दिल विकास राजभण्डारी पुनः राप्रपा मै फर्किएका छन । बिहीबार विज्ञप्ति प्रकाशित गरि राजभण्डारीले राप्रपा मै फर्किएकाे जानकारी दिएका छन ।

उनकाे विज्ञप्तिमा भनिएकाे छ

′म, संबैधानिक राजसंस्था, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सकृय र समर्पित रहि आएको यथार्थ सर्वविदितै छ । संबैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुर्नस्थापनाको लागि सबै राजावादी, हिन्दुबादी र राष्ट्रवादी शक्तिहरु एकताबद्ध हुनुपर्छ भन्ने मेरो दृढ मान्यता थियो र छ । यसै वास्तविकतालाई दृष्टिगत गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रयासको क्रममा राप्रपा नेपालमा म सहभागी भएको थिएँ । तर मेरो निरन्तरको पार्टी एकता र सैद्दान्तिक स्पष्टताको प्रयासले सार्थकता पाउन सकेन । वृह्तर राष्ट्रवादी शक्ति निर्माण गरी राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापनाको पक्षमा राष्ट्रिय वातावरण तयार गर्नको लागि फेरि राप्रामै फर्केको छु ।’

प्रकाशित मिति : August 18, 2022 at 6:51 pm