७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नागरिकता विधेयकलाई अब ‘पेन्डिङ’मा राख्न सकिँदैन : गृहमन्त्री खाण

२ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब पेन्डिङमा राख्न नसकिने बताएका छन् । बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले नागरिकता विधेयकलाई अब रोक्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

सहमति जुट्न सकेन भन्दै पेन्डिङमा राखौं भनेर प्रश्न उठिरहेको बताउँदै उनले अब त्यो रोक्न नसकिने बताएका हुन् । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिकका आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाणले बताए ।

विधेयक थाती राख्दा प्रताडित नागरिकको संख्या बढ्ने र उनीहरूको ऊर्जा सकिँदै जाने खाणको भनाइ छ । ‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान्,’

नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा सात वर्षे प्रावधान लागू गर्न नसकिने मन्त्री खाणको भनाइ छ ।

प्रकाशित मिति : August 18, 2022 at 6:44 pm