रामकुमारीले माधव नेपालको हात तानेको एक वर्ष, भावुक हुँदै फेसबुकमा यस्तो लेखिन
२ भदाै, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले छाडेको एक वर्ष भएको बताएकी छिन । उनले त्यो कठिन दिनमा माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको भन्दै सामाजिक सञ्जालबाट स्मरण गरेकी छिन । उनले सञ्चाजल मार्फत केहीदिन यता चलेका हल्ला निराधार रहेको भन्दै गठबन्धनका लागि काम गर्न तयार रहेको बताएकी छिन ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन
गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनितीक निर्णय लिएको दिन हो।मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो।हामीले राजनितीमा अर्को एउटा मूल्यको राजनितीको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाईला अगाडी बढाएको दिन हो।
स्वभावैले मैले मेरो निर्णय लिदा दाँया वाँयाका मेरा आफ्ना राजनितीक अभिभावक छोडेर आएको दिन थियो। सामान्यतः म मेरो निर्णय लिन सधै स्वतन्त्र नै हुन्छु। राजनितीमा लाग्ने मान्छे अलि बढी स्वतन्त्र नै हुन्छन।स्वतन्त्रता यानेकी आजादीको त्यही प्याशनले होला जोखिम मोल्न र चुनौतिपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन्।
हो हाम्रो बिद्रोह त्यही थियोः संबिधानलाई बचाउन, सात दशक लामो संघर्षको उपल्धिको रक्षा गर्न, यो राजनितीक प्रणालीलाई बचाउन र नेपालको राजनितीलाई जनचाहाना अनुसार संचालन गर्न गर्न। आज यिनै उपलब्धिको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय हो।आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडी बढ्ने हाम्रो संकल्प छ। गठबन्धन आजको आवश्यकता हो। संविधानलाई गतिदिन,संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखि आर्थिक बिकास र समृद्धिको बाटोमा मूलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ।आजको यो सबै कार्यभार पुरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडी बढ्नु आजको आवश्यकता हो।
बजारमा केही दिन देखि हामीहरूका वारेमा केही भ्रामक समाचार/विचार आएको देख्छु।यो कुरा गलत हो।देशैभरीका हाम्रा सहयोद्धा साथिहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहान्छु।
आज हाम्रो पार्टीको दर्ता गरेको दिन हो। यो अबसरमा सबै कमरेडहरू, साथिहरूप्रति हार्दिक शुभकामना।
प्रकाशित मिति : 17:03









