३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रेस युनियन भन्छः अध्यक्ष शिव लम्सालको भिडियो खिचेर दुष्प्रचार गरियो

२ भदाै, काठमाडाैँ । नेपाल प्रेस युनियनले युनियन अध्यक्ष शिव लम्सालको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरिएको जनाएको छ । युनियन महासचिव दिलीप पौडेलले बिहीबार विज्ञप्ति निकालेर गत ३१ असारको साँझ ट्राफिक प्रहरीले अध्यक्ष लम्सालमाथि गरेको दुर्व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

अध्यक्ष लम्सालको नियोजित रुपमा मानमर्दन गर्ने गरी वास्तबिक घटनालाई अतिरन्जित गरेर भ्रम सृजना गर्न खोजिएको भन्दै युनियनले खेद व्यक्त गरेको छ ।

‘काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आउनु भएका अध्यक्ष लम्सालको निजी निवासमा छिरेर ट्राफिक प्रहरीले नियोजित रुपमा गरेको दुर्व्यवहार निन्दनीय छ । लम्सालको घर नजिकै रेष्ट्रेन्ट अघि पार्किङ गरिएका सवारी साधनले सडकमा पुयाएको अवरोध हटाउँदा रेष्टुरेन्ट सन्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो। लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरेको घटनाका बारेमा सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सम्बन्धित पक्षसँग युनियन जोडदार माग गर्दछ,’ महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : August 18, 2022 at 4:54 pm