माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि
१ भदाै, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो ।
बैठक हिजोवाट सुरु भएको हो । हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समुहलाई गोलाकार भित्रको हसिँया हथौडावा निर्वाचन लडन स्विकृत प्रदान गरेको थियो ।
प्रकाशित मिति : August 17, 2022 at 10:27 am









