७ असार २०८३, आइतबार | Sun Jun 21 2026

धादिङकी उर्मिला थपलियासहित १० जना नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित

३१ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धादिङकी उर्मिला थपलियासहित १० जनालाई पार्टीको केन्द्रीय सदस्यमान मनोनयन गरेका छन । पार्टीको विधान बमोजिम देउवाले रिक्त रहेको सदस्यमा मनोनित गरेका हुन ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले मंगलबार विज्ञप्ति जारी गर्दै महोत्तरीकी किरण यादव, काठमाडाैँकी राधा घले, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङ्की रूम्मणी कोइराला, काठमाडाैँकी कल्याणी रिजाल, झापाकी गोमा भट्टराई, रूपन्देहीको गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटा रहेका छन ।

प्रकाशित मिति : August 16, 2022 at 4:15 pm