एमाले अध्यक्ष ओली आज युवा महिलासँगको अन्तरक्रियामा सहभागी हुने
३१ साउन, काठमाडाैँ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा महिला र राजनीति विषयक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन ।
कोटेश्वरको ए वान पार्टी प्यालेसमा मंगलबार दिउसो १ बजे हुने कार्यक्रममा महिलाहरुलाई राजनीतिमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल चलाइनेछ । अनेमसंघले युवा महिलाहरुलाई राजनीतिमा अघि बढाउनका लागि देशैभर युवा महिला कमिटी गठन गरिरहेको छ ।
आजको कार्यक्रममा केही विदेशी प्रतिनिधीहरू पनि सहभागी हुने अनेमसंघकी नेतृ शर्मीला कार्कीले दैनिकीलाई जानकारी दिइन । युवा दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रम भएकोले युवा महिलाको तर्फबाट मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी पनि वक्ताको रुपमा सम्बोधन गर्ने कार्कीले बताइन ।
प्रकाशित मिति : 08:57









