१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नुवाकोटमा एमालेको भोट हराएको वडाका अध्यक्षका प्रत्याशी निरोज तामाङ कांग्रेस प्रवेश

२९ साउन, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा वडा नम्बर ३ मा २०७४ सालको  स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका प्रत्याशी रहेका निरोज तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन । उनी आइतबार नेपाली कांग्रेसको सदस्यता लिएर पार्टी प्रवेश गरेका हुन ।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले तामाङलाई सदस्यता दिएर पार्टीमा स्वागत गरे । तामाङ पार्टी प्रवेशका लागि महतको घर महाराजगञ्ज पुगेका थिए । सो अवसरमा नुवाकोट कांग्रेसका नेता महेन्द्र थिङ समेत उपस्थित रहेका थिए ।

तामाङ नेकपा एमाले नुवाकोटको जिल्ला कमिटीको पुर्व सदस्य समेत रहेको नेपाली कांग्रेसले जनाएको छ । वैशाख ३० को स्थानीय निर्वाचनमा ३९ सदस्यीय वडा कमिटी भएको एमालेले २४ भोटमात्र प्राप्त गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै आलोचना गरेका थिए । सो वडामा एमालेबाट चुडामणी मोक्तान(तमाङ) उम्मेदवर रहेका थिए भने उनले २४ भोट प्राप्त गरेका थिए ।

प्रकाशित मिति : 20:07