३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

संविधान संशाेधन गरेर सर्वोच्चलाई नक्सापासको अधिकार दिन मेयर बालेनको प्रस्ताव


२६ साउन, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले नक्सा पासको अधिकार संविधान संशाेधन गरेर सर्वोच्च अदालतलतलाई दिन प्रस्ताव गरेका छन । सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै उनले सर्वोच्चलाई यस्तो अधिकार दिन प्रस्ताव गरेका हुन ।

उनले भनेका छन, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

नर्भिक अस्पतालको बारेमा सर्वोच्च अदालतले हस्ताक्षेप गरेको महशुष गरेका बालेननले यस्तो प्रस्ताव गरेका हुन । यस्तै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले मेयर साहलाई सर्वोच्चको बारेमा प्रश्न उठाउँदा सोच्न अनुरोध गरेका छन ।

पोखरेलले पनि सामाजिक सञ्जालको प्रयोग गर्दै भनेका छन, ‘अदालत प्रति टिप्पणी गर्दा धेरै पटक सोच्नु होला मेयर ( बालेन साह) साहब ! मान्छु न्यायलयमा बिकूती छ तर पनि तपाई मेयर रहेको संस्था लगायत राज्यका अन्य अंग भन्दा न्यायलय आझै पनि ठिकै छ ! संस्थागत सुधार र विधिको शासन बलियो बनाउ, तपाई हामी त यात्री न हो !’

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०८:२७