७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रभु बैंकका ग्राहकले र लोकहित डेन्टल हस्पिटलमा सेवा लिँदा १० प्रतिशत छुट पाउने

२४ साउन, काठमाडाैं । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालिका तर्फबाट अध्यक्ष डा.गणेश साहले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबिच भएकाे सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटल प्रा .लिद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान नहुने सम्झाैतामा जनाइएकाे छ ।

उक्त सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति : August 10, 2022 at 11:14 am