३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

वरिष्ठ सिनेमाटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन


२५ साउन, काठमाडाैँ । वरिष्ठ सिनेमाटोग्राफर विदुर पाण्डेको निधन भएको छ । पाण्डेको बुधवार बिहान हृदयघातको कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ५५ बर्षिय पाण्डेको गंगालाल हृदयरोग केन्द्र अस्पातल लैजाँदै गर्दा निधन भएको हो ।

नेपालको पहिलो डिजिटल प्रविधिमा छायांकन गरिएको चलचित्र ‘कागबेनी’का छायाँकार पाण्डे पछिल्लो समय चलचित्र छायांकनमा व्यस्त थिए । टेलिभिजन तथा म्युजिक भिडियोमा लामो समय काम गरेका पाण्डेले छायाँकारिताका सयाैँका गुरू हुन ।

पाण्डेले पन्ध्र सय भन्दा बढि म्युजिक भिडियोको छायांकन गरेका पाण्डेले दर्जनौंको संख्यामा टिभी कार्यक्रम, वृत्तचित्र र चलचित्रहरु छायांकन गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ०९:३४