३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

रसुवागढी जाने दुबै सडक पहिरोका कारण बन्द, धुन्चेसँगको सडक सम्पर्कबिच्छेद


२५ साउन, नुवाकोट । पासाङल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडकमा भीषण पहिरो गएको छ । गएरातिको ठूलो वर्षसागै सडक भासिएर धेरै तल पुगेको छ । उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा करिब ५० मिटर सडक पहिरोले बगाएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।

प्रहरी पहिरोले बगाएको सडक खुलाउन केही दिननै लाग्न सक्ने बताएको छ । बेत्रावती मैलुङ सडकमा पनि ठूलो पहिरो गएको छ । योसँगै चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुबै सडक बन्द भएको छ । रसुवा सदरमुकाम धुन्चेसँगको सडक सम्पर्कबिच्छेद भएको छ ।

पहिरोका कारण सडक पूर्ण क्षति भएको र मर्मतका लागि समय लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दैनिकीलाइ जानकारी दिए । उनले पहिरो पन्छाएर सडक खोल्नका लागि प्रयास भैरहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ०७:५४