७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

‘दुराडाँडाको परिचय र पहिचान’ पुस्तक सार्वजनिक

२२ साउन, लमजुङ । दुराडाँडाको परिचय र पहिचान नामक पुस्तक विमोचन भएको छ । दुराडाँडा क्षेत्रको एतिहासिक, प्राकृतिक, सामाजिक, धार्मिक, साँस्कृतिक लगायतका विषयलाई समेटेर प्रकाशन गरिएको पुस्तक आइतबार सार्वजनिक भएकाे हाे ।

कार्यक्रममा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोईरालाले लमजुङको दुराडाँडा बिर्सनै नहुने ठाउँ भएको बताए । दुराडाँडाको इतिहास विश्वसामु चिनाउन र भावी पुस्तासम्म पुराउन पुस्तकले सहयोग पुग्ने उनको भनाइ थियो ।

दुराडाँडा नेपालमा पहिलो पटक ब्राम्हणहरूले हलो जोतेर क्रान्ती गरेको भूमि हो । सोबाहेक तत्कालिन बाइसे चाैबिसे राज्यकाे बेला शाह राजाको स्थापना गर्ने खजे दुरा सोही डाँडामा जन्मिएका हुन् ।

नेपाली कला सँस्कृतिअन्तर्गत ठाडो भाकाको उद्गम थलो, नेपाली सांगीतिक क्षेत्रमा अन्तराष्ट्रिय पहिचान बनाउन सफल बिमाकुमारी दुरा जन्माउने भूमि पनि दुराडाँडा रहेको छ । नेपालको शैक्षिक जगतमा दुराडाँडालाई शिक्षितहरूको क्षेत्र पनि भन्ने गरिन्थ्यो । धार्मिक हिसाबले तुर्लुङ कालिका रहेको दुराडाँडा क्षेत्र जातिय विविधता, विविध सामाजिक विशेषताले भरिपुर्ण ठाउँ मानिन्थ्याे ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष एवं समाजका सल्लाहकार दामोदर अधिकारी, आयोजक संस्थाका संस्थापक अध्यक्ष यज्ञप्रसाद पौडेल, समाजका सल्लाहकार ईश्वरीप्रसाद अधिकारी, सल्लाहकार गणेशप्रसाद न्यौपाने, नेपाल शिक्षक महासंघ लमजुङका अध्यक्ष एवं समाजका सल्लाहकार तिर्थ न्यौपाने, सुन्दरबजार-३ का वडा अध्यक्ष अमृत न्यौपाने, १० का अध्यक्ष दिपक ढकाल, मध्यनेपाल- १० का अध्यक्ष रामचन्द्र भण्डारी, बेसीशहर–४ का वडा अध्यक्ष गमबहादुर गुरुङ लगायतले शुभकामना दिएका थिए । नेपालका अल्पसंख्यक दुराजातिको बसोबास रहेको दुराडाँडा हाल सुन्दरबजार नगरपालिकाअन्तर्गत पर्छ ।

प्रकाशित मिति : August 7, 2022 at 3:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/