४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५ः३ म्याग्निच्यूडको भूकम्पको धक्का

२१ साउन, काठमाडौँ । काठमाडौँ उपत्यका आशपासमा भूकम्पको शक्तिशाली झड्का महशुष भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा  नुवाकोटको बेलकोटगढी नगरपालिका केन्द्रबिन्दु भएर भूकम्पको झड्का महशुष भएको हो ।

५ः३ म्याग्निच्यूडको भूकक्प नुवाकोटको बेलकोटगढी केन्द्र भएर गएको भूकम्प मापन केन्द्रले जनाएको छ । नुवाकोट बेलकोटगढीका स्थानीयका अनुसार भूकम्पपछि अहिलेसम्म तीन वटा साना झड्का समेत महशुष भैसकेको छ । गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०५:५९