२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

महिला साफः दोस्रो चरणमा ३५ खेलाडी छानिए

१७ साउन, काठमाडौं । नेपालमा लगातार दोस्रो पटक आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले दोस्रो चरणमा ३५ खेलाडी छनोट गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को नियुक्तिसँगै ५८ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थापाले मंगलबार ३५ खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरेका हुन् । अब थापाले अन्तिम छनोटमा २३ सदस्यीय खेलाडी घोषणा गर्नेछन् ।

साफ च्याम्पियनसिप १३-२५ भदौसम्म दशरथ रंगशालामा हुँदैछ । नेपालले १३ भदौमा भुटानविरुद्ध बुलेका ५ बजे खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । दोस्रो खेल १९भदौमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । साफ च्याम्पियनसिपको पाँचौँ संस्करण समाप्त हुँदा नेपाल उपाधिविहीन छ । चारपटक फाइनल खेलेकोे नेपाल एकपटक सेमिफाइनलबाटै बाहिर भएको थियो ।

३५ खेलाडीकाे नामः

गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता वि.क.

रक्षकः हिराकुमारी भुजेल, सृजना सिंह ठुकरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घामगर, निशा थोकर, सृजना चेम्जोङ, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बू, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुशुम खतिवडा

फरवार्डः सवित्रा भण्डारी (साम्बा), अमिशा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला वि.क, चन्द्रा भण्डारी

प्रकाशित मिति : August 2, 2022 at 4:23 pm