८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

एमाले अध्यक्ष ओली पशुपतिको आरतीमा सहभागी हुँदै

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् । प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज साँझ साढे ५ बजे पशुपति पुग्नेछन् ।

पशुपति बागमती गंगा आरती परिवारको वार्षिकोत्सवमा सहभागी हुन उनी पशुपति जान लागेका हुन् । आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरकाे पनि दर्शन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : August 1, 2022 at 5:06 pm