१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

प्रेस सेन्टरको पदाधिकारीमा नुवाकोटबाट दुई पत्रकार

प्रेस सेन्टरको पदाधिकारीमा नुवाकोटबाट दुई जना पत्रकारको प्रतिनिधित्व भएको छ । नुवाकोटको विदुर नगरपालिका स्थायी घर भएका दयानिधी भट्ट प्रेस सेन्टरको उपाध्यक्षमा र सूर्यगढी गाउँपालिका स्थायी घर भएका रामकृष्ण अधिकारी उपमहासचिवमा चयन भएका हुन ।

उपाध्यक्ष भट्ट र उपमहासचिव अधिकारी ।

भट्ट काठमाडौँ टुडे र अधिकारी मेरो न्युज डट कममा कार्यरत रहेका छन । अधिकारी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत छन । यसअघि सेन्टरको सचिवमा नुवाकोटबाट प्रभाव वोगटी सचिव रहेकी थिइन ।

प्रेस सेन्टरको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले पादधिकारी चयन गरेको हो । यसअघि सेन्टरले अध्यक्षमात्र चयन गरेको थियो । सेन्टरको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहला प्रचण्डका प्रेस संयोजक रहेका विष्णु सापकोटा जुगल चयन भएका छन । सेन्टरको ६१ सदस्य पदाधिकारीको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १५:५४