८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

प्रकाशित मिति : July 30, 2022 at 7:13 pm