१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

हिटलरको घडी लिलामीमा बिक्री

१४ साउन, काठमाडाैं । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । घडीमा एएच नामको अक्षर कुँदिएको छ ।

यहूदी नेताहरूले लिलामीको निन्दा गरेका थिए । आफ्नो उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ । उसले विगतमा पनि नाजी स्मारक बेचेको थियो । एडोल्फ हिटलरले सन् १९३३ देखि १९४५ को बीचमा नाजी जर्मनीको नेतृत्व गरेका थिए । उनको शासनकालमा लाखौँ यहुदी मारिएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार १०:५८