१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गर्ने मन्त्री अर्यालको प्रतिवद्धता

१८ भदाै, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

मन्त्री अर्यालले भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न सङ्कल्परत रहेको बताउँदै नयाँ विधेयकले भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने समेत प्रतिबद्धता जनाउनुभयो ।

सांसद कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, राजेन्द्रकुमार केसी, दिव्यमणि राजभण्डारी, रेखाकुमारी झा, घनश्याम खतिवडा, पवित्रा निरौला खरेल, दलबहादुर राना, बिमला विश्वकर्मा, नारायणप्रसाद खतिवडा, प्रेम सुुवाललगायतले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने व्यवस्था गर्ने गरी विधेयकअगाडि बढाउन आग्रह गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १९ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : September 3, 2018 at 7:39 pm