२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

बिहान ६ वटा प्रदेशमा वर्षा, दिउँसोको मौसम कस्तो छ ?

११ साउन, काठमाडौं । आज बिहान प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १२:१५