२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

द्रौपदी मुर्मुले लिइन राष्ट्रपतिको सपथ

९ साउन, काठमाडाैं । द्रौपदी मुर्मुले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए । कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन्

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १२:३६