२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु

८ साउन, पाल्पा । पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ ।  गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो ।

मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए ।  १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ । प्रहरी स्थानीयले उद्धारको काम गरिरहेका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १७:५५