८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको सपथ

५ साउन, काठमाडाैं । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष सपथ लिए ।

श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको सपथ ग्रहण समरोहमा सरिक भएका थिए । यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : July 21, 2022 at 1:06 pm